समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    समूह विजेता बन्दै अर्जेन्टिना नकआउट चरणमा

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७९, बिहीबार

    उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

    समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । ४७ औं मिनेटमा एलेक्सेस म्याक एलिस्टरको गोलमा अग्रता लिएको थियो। जुलियन अल्भारेजले ६७ औं मिनेटमा अग्रता दोब्बर पार्दा अर्जेन्टिनाले जित पक्का गर्यो।

    पहिलो हाफमा मेस्सी पेनाल्टीमा चुकेपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रोहाफमा राम्रो प्रदर्शन गरेको हो। खेलभर पूरै अर्जेन्टिना हाबी भएको थियो। पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिना लगातार दुई खेल जित्दै समूह विजेता बन्यो।

    यस जितसँगै अर्जेन्टिना ३ खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा रहयो । पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्यो ।