विश्वकप: समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम र क्यानडा बाहिरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप: समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा, बेल्जियम र क्यानडा बाहिरियो

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७९, बिहीबार

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

    बिहीबार राति भएको खेलमा बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बेल्जियमले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा समूह चरणबाटै बाहिरिनुपरेको छ ।

    यस्तै क्यानडालाई पराजित गर्दै समूह विजेताका रुपमा मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ । क्यानडालाई २-१ ले पराजित गर्दै मोरक्को अन्तिम १६ मा पुगेको छ ।