अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७९, शनिबार

    काठमाडौ । समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।

    भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।

    उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले गोल गरे भने सर्बियाका लागि अलेक्सान्डर मिट्रोविच र डुसान भ्लाहोविचले गोल गरे । समूहबाट ब्राजिल विजेता र स्वीटजरल्यान्ड उपविजेता बन्यो ।