किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २५१ किलोको माला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २५१ किलोको माला

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७९, शनिबार

    बारा । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसान र प्रदेश सभामा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र साेनललाई समर्थकहरूले २०५ किलोको माला लगाइदिएका छन् । 

    सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभामा विजयी भएका उम्मेदवारहरूलाई समर्थकहरूले माला लगाइदिँदै बधाई दिएका हुन् ।

    शनिबार परवानीपुर-५ मा आयाेजित कार्यक्रममा स्थानीयवासीले २५१ किलाेकाे माला लगाएर स्वागत एवं सम्मान गरेका हुन् ।

    श्रेष्ठ बारा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका थिए । उनले ३० हजार ३४१ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका एकवाल मियाँले २० हजार ३३६ मत पाएका थिए । 

    सोनल बारा ४ (२)बाटै प्रदेश सभामा निर्वाचित भएका थिए । उनले १३ हजार ५९६ मत पाएका थिए । उनका निकटम प्रतिष्पर्धी जनता समाजवादी पार्टीका आत्मारामप्रसाद साहले ८ हजार २६९ मत पाएका थिए ।