स्याङ्जा २ मा धनराज गुरुङ विजयी, २ हजार मत गन्न बाँकी रहँदा ५ हजारको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    स्याङ्जा २ मा धनराज गुरुङ विजयी, २ हजार मत गन्न बाँकी रहँदा ५ हजारको अग्रता

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७९, शनिबार

    पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना नसकिँदै कांग्रेस सभापति धनराज गुरुङ विजयी भएका छन् ।

    ७० हजार १९१ मतमध्ये ६८ हजार ५ सय गणना हुँदा धनराजले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

    २ हजार मत गन्न बाँकी रहँदा ५ हजारले अग्रता लिएपछि गुरुङको विजय जुलुस शुरु भएको छ ।

    गुरुङले ३० हजार ९६८ मत पाएका छन् भने एमालेकी पद्मा अर्यालले २५ हजार २०३ मत पाएकी छन् ।

    प्रदेश २ मा पनि कांग्रेसकै महेश भट्टराईको जित निश्चित भएको छ ।