आँबुखैरेनीमा स्वास्थ्य शिविर : ३५७ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा स्वास्थ्य शिविर : ३५७ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०७९, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय ५७ लाभान्वित भएका छन् । गाउँपालिकाले मङ्सिर १ गतेदेखि सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा सञ्चालित शिविरमा तीन सय ५७ जनाले सेवा लिएका हुन् ।

    शिविरमा भिडिओ एक्सरे, इसिजी, ल्याव लगायतका सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    शिविरमा दाँत र आखा बाहेक अन्य रोगहरुको परीक्षण गरिएको थियो । शनिबार नाम दर्ता गरेकालाई आइतबार पनि सेवा दिइन्छ ।

    नेपाल कलेजो कियर फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।