दोलखामा अघि बढे एमालेका शिवाकोटी, कार्की १५ सय मतले पछि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दोलखामा अघि बढे एमालेका शिवाकोटी, कार्की १५ सय मतले पछि

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७९, आईतवार

    काठमाडौं । दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।

    माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

    निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।