दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७९, आईतवार

    दोलखा । दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेका भरत केसी विजयी भएका छन् । भीमेश्वरनगरका पूर्वनगरप्रमुख केसीले कांग्रेसका बर्मा लामालाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

    केसीले १९ हजार ४ सय १४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएका छन् ।  केसीले एक हजार ८ सय १९ को मतान्तरले जित हात पारेका हुन् ।