विश्वकपमा आज फ्रान्स-पोल्याण्ड र इङ्ग्ल्याण्ड-सेनेगल भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकपमा आज फ्रान्स-पोल्याण्ड र इङ्ग्ल्याण्ड-सेनेगल भिड्ने

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७९, आईतवार

    काठमाडौ । कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ का खेलहरू हाल जारी छन्। हिजो दुई खेल सम्पन्न भए भने आज दुई खेल हुँदैछन्।

    आज पहिलो खेलमा फ्रान्स र पोल्याण्ड भिड्नेछन्। नेपाली समयअनुसार यो खेल राति ८:४५ मा रहेको छ। यस्तै राति १२:४५ मा इङ्ग्ल्याण्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।

    क्वार्टरफाइनलमा स्थान बनाउन चारै वटा टोलीबीच आज रोचक खेल हुने अनुमान गरिएको छ। यी चारमध्ये विजयी दुई टोलीले क्वार्टरफाइनलमा एकअर्काको सामना गर्नेछन्।

    क्वार्टरफाइनलको हालसम्म एक खेल तय भएको छ। जसमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्।