कांग्रेसले माग्यो अन्तरघातीको सूची
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसले माग्यो अन्तरघातीको सूची

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७९, आईतवार

    काठमाडौ । नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । 

    जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।