दलको नेता बन्न देउवाले थाले पहल, शशाङ्कलाई भने- मलाई सघाउनुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दलको नेता बन्न देउवाले थाले पहल, शशाङ्कलाई भने- मलाई सघाउनुस्

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७९, मंगलवार

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाट पहल थालेका छन् । देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकारको निरन्तरता चाहिरहेका छन् र त्यसका लागि कांग्रेस संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ ।

    देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी नगरे पनि उनले शीर्ष नेताहरूसँग छलफल थालेका छन् । पूर्व महामन्त्री शशाङ्क कोइरालासँग मङ्गलवारको भेटमा देउवाले दलको नेतामा आफूलाई सघाउन आग्रह गरेको शशाङ्कको सचिवालयले जनाएको छ ।

    चुनाव जितेपछि भएको पहिलो भेटमा देउवा र कोइरालाबीच बधाई आदान प्रदान मात्र भएको र देउवाले आफूलाई सघाउन आग्रह गरेको बताइएको छ । यसअघि देउवाले आफू निकट नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतलाई पार्टीभित्र र बाहिर आफ्नै नेतृत्वको सरकार गठनका लागि पहल गर्न खटाइसकेका छन् ।

    देउवाले डा।शेखर कोइरालासँग पनि आफूलाई दलको नेतामा सघाउन आग्रह गरिसकेको बताइएको छ । चुनावअघि नै देउवा र कोइरालाबीच यसबारेमा कुरा भएको र शेखरले देउवासँग गगन थापा चुनाव लड्ने अवस्थामा गगनको पक्षमा खुल्ने सम्भावना नरहेको उनी निकट नेताहरूले बताएका छन् । अहिले देउवातिर समूह लगभग विघटनको अवस्थामा पुगेको छ ।

    महाधिवेशनकै बेला देउवातिर समूह फुटेर तीन समूहमा तितरबितर भएको थियो । अहिले पनि रामचन्द्र र शशांक एउटा समूहमा छन् भने प्रकाशमान सिंहले अलग समूह बनाएका छन् ।

    शेखर गगन समूह महाधिवेशनको आधारमा एक ठाउँमा प्राविधिक रुपले देखिए पनि सोही समूहका नेताहरूले टिकट लिने बेलामै देउवासँग सम्झौता गरिसकेका छन् ।

    देउवाले समानुपातिकको समेत नतिजा टुंगिएर संसदीय दलको आकार बनेपछि दलको नेतामा औपचारिक दाबी गर्ने भएका छन् ।