देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन, तपाईँ गठबन्धन नछाड्नुस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउवाको सन्देश सुनाउँदै निधिले प्रचण्डलाई भने- कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्दैन, तपाईँ गठबन्धन नछाड्नुस्

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७९, आईतवार

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रधामन्त्री राष्ट्रपति छाड्न नसक्ने आफ्टो बटमलाइन माओवादीलाई सुनाएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेता विमलेन्द्र निधीले पहिलो चरणमा प्रधानमन्त्री दिन नसक्ने र राष्ट्रपति पनि छाड्न नसकिने भएको भन्दै प्रचण्डलाई गठबन्धनमै रहन आग्रह गरेको स्रोतले बताएको छ ।

    बिहान खुमलटार पुगेका निधिलाई प्रचण्डले प्रधानमन्त्री त्यागेर गठबन्धनमा बस्न नसकिने सुनाएका छन् । लगत्तै शीर्ष नेतासँग छलफल गरेर प्रचण्ड देउवालाई पार्टीको बटमलाइन सुनाउन बालुवाटार लागेका छन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

    कांग्रेसको उक्त सन्देशपछि प्रचण्डले देउवासँग निर्णायक छलफल गर्न लागेको नेता शक्ति बस्नेतले बताए ।

    देउवाले दुई दिनअघिदेखि नै रामचन्द्र पौडेल, प्रकाशमानलगायतका नेता लगाएर प्रचण्डलाई कन्भिन्स गर्ने प्रयास गरिरहेका थिए ।