बालकोट बैठकपछि शीर्ष नेता शीतलनिवास जॉदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालकोट बैठकपछि शीर्ष नेता शीतलनिवास जॉदै

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, आईतवार

    काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सम्पन्न भएको छ ।

    अब संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष शीर्ष नेताहरुले सरकार गठनको दाबी पेश गर्न जाँदैछन् ।

    वार्तामा सहभागी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिले दिएको समयसीमाभित्र एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर प्रधानमन्त्रीमा प्रचण्डको नाम पेश गरिने बताए ।