पोखरा । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी स्ववियु निर्वाचनमा केन्द्रित हुने भएको छ । अनेरास्ववियु क्रान्तिकारी गण्डकीको शनिबार पोखरामा सम्पन्न विस्तारित बैठकले स्ववियु निर्वाचनका लागि केन्द्रित हुने निर्णय गरेको हो ।
त्यसका लागि सबै जिल्लामा १५ दिनभित्र बैठक बसेर आवश्यक रणनीति बनाउने निर्णय भएको अध्यक्ष सुदिन पौडेलले जानकारी दिए ।
बैठकले जनयुद्ध दिवसको अवसर पारेर नेपालको आमूल परिवर्तनमा जनयुद्धको भूमिका शीर्षकमा सबै जिल्लामा वक्तृत्वकला प्रतियोगिता गर्ने, हरेक जिल्लाबाट तीन/तीन जना सहभागी बनाएर प्रदेशस्तरीय प्रतियोगिता कार्यक्रम सहिद सप्ताहको अन्तिम दिन आयोजना गर्ने निर्णय गरेको छ ।