दमौली । तनहुँ अदालतबाट फरार हुने दुई थुनुवाको प्रयास असफल भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट म्याद थपका लागि ल्याइएका दुई थुनुवाले अदालत परिसरबाटै फरार हुने प्रयास गरेका हुन्।
चोरी मुद्धाका दुई थुनुवा भाग्ने प्रयास गरेपनि प्रहरीले तत्कालै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरु अदालतबाटै भाग्ने प्रयास गरेपछि प्रहरीमाथि आशंका उब्जिएको छ ।