सरकारमा सहभागी हुन जसपाका तीन सर्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारमा सहभागी हुन जसपाका तीन सर्त

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, बुधबार

    काठमाडौ । जनता समाजवादी नेपालको राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त अघि सारेको छ। 

    बैठकले सर्त राख्दै ती पूरा नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। जसपाका अनुसार संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने शक्तिहरु सरकारमा सहभागी भएकाले त्यो अवस्थामा यी विषयमा प्रतिकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आएमा सरकारमा सहभागी नहुने बताइएको छ। 

    जसपाको दुस्रो सर्तका रुपमा पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने निर्णय गरिएको छ।