गण्डकी सरकारमार्फत् आँबुखैरेनी अस्पतालमा चिकित्सक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गण्डकी सरकारमार्फत् आँबुखैरेनी अस्पतालमा चिकित्सक

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, बुधबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा गण्डकी प्रदेश सरकारमार्फत् चिकित्सकको व्यवस्था भएको छ । प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् अस्पतालमा चिकित्सकको दरबन्दी कायम भएको हो ।

    प्रदेश सरकारले अस्पतालका लागि मेडिकल अधिकृत डा. हरि सेढाईलाई नियुक्त दिएर पठाएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखिको दरबन्दीको मागलाई प्रदेश सरकारले सम्बोधन गरिदिएको बताए । “अस्पतालमा सरकारी दरबन्दीको चिकित्सकको माग गरेका थियौ, हाम्रो मागलाई प्रदेश सरकारले सुनेको छ,” चुमानले भने।

    गाउँपालिकाले यसअघि निजी स्रोतमा एक जना मेडिकल अधिकृत र एक जना कन्सलट्यान्ट डाक्टर नियुक्त गरेको थियो ।