एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनल प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फाइनल प्रवेश

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, बुधबार

    पोखरा । संकटा क्लब पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनल खेलमा संकटाले एपीएफलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    संकटाबाट खेलाका विदेशी खेलाडी एपीएफमाथि भारी बने । संकटाका ४ गोल विदेशी खेलाडीले गरेका हुन् । पोखरामा जारी २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा संकटाले २–० गोल अन्तरको अग्रता लिन सफल भएको थियो ।

    पहिलो हाफमा दबाबमा राखेको एपीएफले संकटा विरुद्ध गोल गर्न सकेन । खेल सुरु भएको ४ मिनेटमै संकटाका स्टेफन बिनोङले गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल ४२ औं मिनेटमा मेसुकेले संकटाका लागि दोस्रो गोल गरे ।

    दोस्रो हाफमा संकटाले एपीएफलाई निकै दबाबमा राखेर खेल्यो । खेलको ६० औं मिनेटमा संकटाका स्टेफन विओङले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को स्थितीमा पु¥याए ।
    एपीएफका हरि कार्कीले ७३ औं मिनेटमा सानत्वना गोल फर्काए । खेलको ८५ औं मिनेटमा अन्द्रे थिरे विइकको पासलाई सदुपयोग गर्दै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए ।

    सोमबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । साविकको विजेता एपीएफले धरान फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटासँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

    एपीएफ ०६४ मा फाइनल पुगेर नेपाल पुलिस क्लबसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
    संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि रक्षा गरेको थियो । त्यतिबेला पनि संकटाले सेमिफाइनलमा २–० गोल अन्तरले पराजित गर्दै एपीएफलाई उपाधि होडमा पुग्न रोकेको थियो ।
    बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेठड र भुटनिज युथ स्पोर्टस क्लब अमेरिकाले फाइनल यात्राका प्रतिस्पर्धा गर्नेछन् ।

    पुस २३ गते गोल्डकपको फाइनल हुनेछ । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।