प्रधानमन्त्री प्रचण्ड गोरखा आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्ड गोरखा आउँदै

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७९, बुधबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा आउने भएका छन्।प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा आउन लागेका हुन्।

    गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

    प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा आउने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए।

    ‘प्रधानमन्त्रीज्यू आज बिहान ११ बजे गोरखा आउनुहुन्छ, उहाँले गोरखा महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ,’ उनले भने।

    गोरखा उद्योग बाणिज्य संघले आजदेखि गोरखा महोत्वस गर्न लागेको हो। केही दिनअघि गोरखा उद्योग बाणिज्य संघका पदाधिकारीहरूले प्रमुख अतिथिका रूपमा गोरखा आइदिन प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर निम्तासमेत दिएका थिए।