पाँचौ तनहुँ जनजाति सांस्कृतिक महोत्सवमा रु ७२ लाखको कारोवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पाँचौ तनहुँ जनजाति सांस्कृतिक महोत्सवमा रु ७२ लाखको कारोवार

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७९, शुक्रबार

    दमौली । तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा जारी पाँचौ तनहुँ जनजाति सांस्कृतिक महोत्सवमा रु ७२ लाखको कारोवार भएको छ । गत शुक्रबारदेखि सुरु भएको महोत्सवको आठौ दिनसम्म रु ७२ लाखको कारोवार भएको आयोजकले जनाएको छ ।

    नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा सञ्चालित महोत्सवको हालसम्म ८७ हजार दर्शकले अवलोकन गरेको प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए । महोत्सवमा आजमात्रै रु १५ लाखको कारोवार भएको र १२ हजार दर्शकले अवलोकन गरेका छन् ।

    माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने र एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक सुजित हिराचनले जानकारी दिए । जिल्लाको आर्थिक तथा सामाजिक पक्षको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको उनले बताए ।

    महोत्सवको आठौ दिन आज चर्चित लोकगायक पशुपति शर्मा र गायिका रन्जु विकको प्रस्तुति रहेको थियो । महोत्सवको नवौं दिन शनिबार बद्री पङ्गेनी, गायिका कला लम्साल, सञ्जिवसिं राना, प्रिया गुरुङ, मधु थापा लगायतको प्रस्तुती रहनेछ ।

    महोत्सवमा दुई सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनका लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवका निर्देशक बसुन्धरा घर्तीले बताइन् ।

    महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्री स्थल छन् ।

    महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० टिकट शुल्क रहेको छ ।