दमौली । व्यास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सत्यवती माविले जितेको छ । व्यास-१ भादगाउँस्थित निर्मल माविमा शुक्रबार सम्पन्न प्रतियोगितामा ३४ पदक जित्दै सत्यवतीले उपाधि जितेको हो ।
सत्यवतीले २० स्वर्ण, नौ रजत र पॉच कास्य पदक जितेको छ । गत वर्षको उपाधि पनि सत्यवतीले जितेको थियो ।