पोखरा । कुमार आले आइतबार १० बजेपछि सेती खोंचमा माछा मार्न झरेका थिए । केहीबेरमा एक्कासी गड्याङगुडुङ आवाज आयो । बम पड्के जस्तै आवाज सुनियो ।
यति एयरको जहाज खसेर आगजनी भयो । ढुंगा खसेर उनको खुट्टामा सानो चोट लागेको छ । ‘ओडारमा बसेर बाँचे’, उनले भने ।
भाग्यले बाँचेर ओडारबाट आफैं निस्किएका उनले भने, ‘बेहोस थिए, कति बेला उद्धार टोलि आयो थाहा भएन ।’ आले जहाज दुर्घटनास्थल नजिकै ब्लक उद्योगमा काम गर्छन । उनका अनुसार दुर्घटनामा परेको जहाजको आधा भन्दा धेरै भाग सेतीको पानीमै खसेको छ ।