सत्ता साझेदार दलका शीर्ष नेताबीच सहमति- राष्ट्रपति र सभामुख एमालेलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता साझेदार दलका शीर्ष नेताबीच सहमति- राष्ट्रपति र सभामुख एमालेलाई

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७९, सोमबार

    काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।

    गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेताले बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।

    सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा भने टुंगिएको छ । उनीहरुले आ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गरेर प्रधानमन्त्रीलाई दिएपछि मंगलवार सपथ ग्रहण हुनेछ ।