पतञ्जलीको रक्तदानमा २२ जनाद्वारा रगतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पतञ्जलीको रक्तदानमा २२ जनाद्वारा रगतदान

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७९, शुक्रबार

    दमौली । पतञ्जली योग समिति तनहुँले शुक्रबार आयोजना गरेको रक्तदानमा २२ जनाले रगतदान गरेका छन् । आठौ राष्ट्रिय योग दिवसको अवसरमा व्यास-३ अनसनचोकमा आयोजित कार्यक्रममा २२ जनाले रगतदान गरेका हुन् ।

    रक्तदानको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले रगतदान जीवनदान भएको बताए । रगतको मागलाई आपूर्ति गर्नका लागि आयोजित कार्यक्रम सकारात्मक रहेको उनको भनाई थियो ।