महेन्द्र मावि गुणादीमा ६५ जनाको निशुल्क दन्त परीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    महेन्द्र मावि गुणादीमा ६५ जनाको निशुल्क दन्त परीक्षण

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७९, शनिबार

    दमौली । म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार निशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । पूर्व विद्यार्थी समाजको आयोजना तथा लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको सहयोगमा शिविर भएको थियो ।

    शिविरमा ६५ जना दाँतका बिरामीको दॉतको परीक्षण गरिएको समाजका अध्यक्ष विकास खनालले बताए । विद्यालयको वार्षिकोत्सवको अवसर पारेर आयोजित शिविरमा डेन्टल सर्जन डा. सुमित महासेठ, उषा थापा लगायतका चिकिस्तकाट दाँत सम्बन्धि परीक्षण गरिएको अध्यक्ष खनालले बताए ।

    समाजले गत वर्ष पनि शिविरको आयोजना गरेको थियो । हरेक वर्ष जस्तै यसपटक पनि दॉतको सिविर राखिएको समाजकी सचिव अमृता खनालले बताइन् । शिविर सञ्चालनबाट दाँतका विरामीले घर गाउँमै सेवा पाएको स्थानीय केशीमाया थापाले बताइन् ।

    थापा जस्तै अन्य दाँतका बिरामीहरू पनि मानुङ, बर्च्याङ लगायतका ठाउँबाट परीक्षणका लागि आएका थिए । डेन्टल सर्जन डाक्टर सुमित महासेठले किराले खाएको , दाँत हल्लिएको, गिंजामा फोहर बसेको, बांगोटिंगो दॉत भएकाहरु परीक्षणका लागि आएको जानकारी दिए ।

    यसअघि म्याग्दे-१ का अध्यक्ष मणिभद्र वाग्लेले शिविरको उदघाटन गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, प्रअ सोमबहादुर थापा, लोकप्रिय स्वास्थ्य क्लिनिकका राजु दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष भुपिन आले, रामबहादुर नेपाली लगायतले बोलेका थिए।