महेन्द्र मावि गुणादीले मनायो ४८ औ वार्षिकोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    महेन्द्र मावि गुणादीले मनायो ४८ औ वार्षिकोत्सव

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७९, सोमबार

    दमौली । महेन्द्र माध्यमिक बिद्यालय म्याग्दे १ गुणादीको ४८ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

    भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको अवस्थामा विद्यालयले अब शैक्षिक क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । विद्यालय स्थापनाकालमा अग्रजहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठले उनीहरुको उद्धेश्य र सपना पूरा गर्न पनि अहिलेवरपरका बालबालिकाहरु यसै विद्यालयमा पढाउनु पर्ने बताए ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले शैक्षिक क्षेत्र सुधारको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

    उक्त कार्यक्रममा म्याग्दे १ का अध्यक्ष मणिभद्र वाग्ले, पुर्व अध्यक्ष शिवशरण वाग्ले, व्यवस्थापन समितिका पूर्व अध्यक्ष विजयराज खनाल , पुस्पराज खनाल , बिन्दु शर्मा खनाल , पुर्व विद्यार्थी समाजका अध्यक्ष बिकास खनाल , विनोद खनाल , राजेन्द्र केशरी न्यौपाने , भुपिन आले , दलबहादुर बिक लगायतले बोलेका थिए ।

    कार्यक्रममा बावुराम खनाल तथा पार्वती खनालले १ लाख १ हजार १ सय ११ रुपैयॉको अक्षयकोष स्थापना गरेका थिए । साो अवसरमा विद्यार्थीलो विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

    वार्षिकोत्सवकै अवसर पारेर विद्यालये खरिद गर्न लागेको स्कुल बसका लागि पूर्व विद्यार्थी समाजले अभियान सञ्चालन गरेको छ । समाजले यो अभियानमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।