थानीमाईमा ४७ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाईमा ४७ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७९, बुधबार

    दमाैली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा मङ्गलबार ४७ फूलको डोली भित्रिएको छ । माघ महिनाको दोस्रो मङ्गलबार मन्दिरमा ४७ फूलको डोली भित्रिएको हो ।

    त्यसक्रममा चार हजार तीन सय भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले बताए । उनका अनुसार सोमबार राति तीन सय २१ जनाले जागाराम बसेर बत्ती बालेका छन् ।

    तनहुँ, लमजुङ, गोरखा, कास्की, काठमाडौ, चितवन लगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजा सहित फुूलको डोली भित्र्याएको थापाले बताए। यसअघि माघको पहिलो मङ्गलबार मन्दिरमा ३४ फूलको डोली भित्रिएको थियो । मन्दिरमा कात्तिक, मङ्सिर र माघको प्रत्येक हप्ताको मङ्गलबार फूलको डोली भित्र्याउने प्रलचन छ । विशेषगरी कात्तिक र माघमा बढी भक्तजनको आगमन हुने गर्दछ ।

    मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ