दमौली । अनेरास्ववियु तनहुँको २३ औं जिल्ला अधिबेशनबाट जिम्मेवार प्राप्त अखिलले जिल्लाका सम्पूर्ण क्याम्पसमा अधिवेशन गर्ने तयारी थालेको छ।
अखिल तनहुँले सिकेबिके क्याम्पस बन्दिपुरमा दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिबेशनबाट पबिता खडकाको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य गोविन्द महत, जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठ, सचिव मनोज बानियाँ, सह- सचिब आकृती पण्डितको सहभागिता थियो ।
यस्तै पुर्कोट कालिका बहुमुखी क्याम्पस भानुमा सुमन श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको
आन्दोलनको नेता संगठन अनेरास्ववियु जहिले विद्यार्थीको हकहित र अधिकारको निम्ति आवाज बुलन्द गर्ने स्थापित संगठन भएकाले सम्पुर्ण प्रगतिशील विद्यार्थीहरु अखिलमा आबद्ध हुनु जरुरी रहेको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य गोविन्द महतले बताए ।