रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७९, शुक्रबार

    काठमाडौ । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।

    लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्। 

    सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ। 

    ‘उहाँ अब नागरिकता प्राप्तिको प्रक्रियामा जानुहुनेछ’,  पाण्डेले भने।