काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
टियू क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका हुन् । उनले कर्ल विर्केनस्टोकलाई १३ रनमा बोल्ड आउट गराए ।
नामिबियाले ११ ओभर चलिरहँदा दुई विकेटको क्षतिमा ४५ रन बनाएको छ । यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले लो हेन्ड्रे लौरेन्सलाईलाई पाँच रनमा बोल्ड आउट गराए ।