भानुको नगरसभा एमाले जनप्रतिनिधिद्वारा बहिष्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुको नगरसभा एमाले जनप्रतिनिधिद्वारा बहिष्कार

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको भानु नगरपालिकाको नगरसभा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । बिहीबार आयोजित नगरसभा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका हुन् । भानुमा एमालेका १९ जनप्रतिनिधि छन् ।

    एमालेका जनप्रतिनिधिले १२ बुँदे विज्ञप्ती जारी गरी नगरसभा बहिष्कार गरेको जानकारी दिएका छन् ।