स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७९, आईतवार

    दमौली । तनहुँको भानु नगरपालिकाले स्वास्थ्य संस्थालाई गर्भवती परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । नगरपालिकाले विभिन्न वडामा रहेका १६ स्वास्थ्य संस्थालाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।

    स्वास्थ्य संस्थामा गर्भवतीको सहज रूपमा परीक्षणका लागि उक्त उपकरण हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार करिब रु चार लाख मूल्य बराबरका सामग्री हस्तान्तरण गरिएको छ ।

    “यो उपकरणले गर्भवतीको सहज रुपमा गर्भ जाँचका लागि सहयोग पु¥याउँछ”, उनले भने । स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्ने महिलाको सङ्ख्या कम रहेकाले त्यसतर्फ आकर्षण बढाउन उपकरणले सहयोग पुग्ने विश्वास लिइएको छ । “अहिलेको अवस्थामा पनि महिला गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा आउने सङ्ख्या कम छ, स्वास्थ्य संस्थामै आएर गर्भ परीक्षण गराउनुपर्छ भनेर सचेतना जगाउने काम पनि गरेका छौँ”, भट्टराईले भने ।

    शिशु मृत्युदर कम गराउँदै आमाको स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले बताइन् । “घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ तर अझै पनि घरमा सुत्केरी गराउने सङ्ख्या घटेको छैन, यसतर्फ महिलालाई सचेतना जगाउन नगरपालिकाको तर्फबाट काम भइरहेको छ”, उनले भनिन् ।