ज्यान मार्ने उद्योगमा फरार रहेका ‘गैडे’ पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ज्यान मार्ने उद्योगमा फरार रहेका ‘गैडे’ पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७९, सोमबार

    दमौली । ज्यान मार्ने उद्योगमा फरार रहेका एक अभियुक्तलाई इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ बस्ने ३३ वर्षीय ‘गैडे’ भनिने मधुराम भुजेल रहेका छन् ।

    ऑबुखैरेनी गाउँपालिका-३ का विष्णुप्रसाद जोशीलाई गत मंसिर १२ गते भुजेलले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घटनापश्चात फरार रहेका निजलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    निजविरुद्ध सोमबार नै तनहुँ अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरिएको छ।

    निज अभियुक्तले विभिन्न समयमा विभिन्न व्यवसायीलाई गुन्डागर्दी शैली धम्क्याउँदै आएको प्रहरीको भनाई छ ।