देवघाटकाे नारायणीमा बेपत्ता किशोर मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देवघाटकाे नारायणीमा बेपत्ता किशोर मृत फेला

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    चितवन । नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर बिहीबार मृत फेला परेका छन् । चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए । उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा आज शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।