शुक्लागण्डकीको थप्रेकमा सेताम्ये असिना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीको थप्रेकमा सेताम्ये असिना

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा बिहीबार सॉझ असिनापानी परेको छ । दशैपछि पहिलो पटक बिहीबार यहॉ असिनापानी परेको हो ।

    असिनापानीले खेतबारी सेताम्ये भएको स्थानीय युवा सुरज वाग्लेले जानकारी दिए । उनका अनुसार ३० मिनेट लगातार असिना परेको थियो । असिनाले यहॉका तरकारीबारीमा क्षति पुर्याएको छ ।