पौडेलले सबै दलसँग गरे सहयोगको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पौडेलले सबै दलसँग गरे सहयोगको आह्वान

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, शनिबार

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई सहयोगका लागि आह्वान गरेका छन् । नेपाली कांग्रेसले राष्ट्रपति उमेदवार तय गरेपछि पौडेलले संविधानको रक्षकको भूमिका आफूले पाउन लागेको भन्दै सहयोगका लागि सबैसँग आह्वान गरेका हुन् । 

    “संविधानको संरक्षको भूमिका निर्वाह गर्ने प्रयासमा नेपाली कांग्रेसबाट मैले उमेदवारी दिने मौका पाएको छु । नेपालको संविधानले नेपाली जनतामा अद्वितीय अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौती ममा आउन लागेको छ,” पौडेलले भने, “नेपालको संविधानको रक्षा र नेपाली जनताको अधिकारको रक्षकको भूमिका मैले पाउन लागेको छु । म सबै नेपाली दाजुभाइ, दिदीबहिनीलाई ७० वर्ष लडेर ल्याएका व्यवस्थाको रक्षाका लागि सजग बन्न र सहयोग गर्न आह्वान गर्दछु ।”

    उनले नेपाली कांग्रेसले उमेदवार बनाए पनि सबै पार्टीले आफूमाथि सद्भाव राखेको भन्दै संसदमा रहेका सबैको स्नेह, सद्भाव र सहानुभूति पाएको बताएका छन् ।