प्रदीप ज्ञवाली भन्छन् : प्रचण्डलाई सुधार्न खाेजेका थियाै, सकेनाै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदीप ज्ञवाली भन्छन् : प्रचण्डलाई सुधार्न खाेजेका थियाै, सकेनाै

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    दमाैली । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर स्वभावको कारण प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताएका छन् । नेकपा एमाले तनहुँको आयोजनामा मंगलबारदेखि बन्दीपुरमा सुरु जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डका कारण हालसम्म प्राप्त भएका उपलब्धि गुम्ने खतरामा पुगेको बताएका हुन् ।

    प्रचण्डको स्वभावबारे जानकार हुँदाहुँदै पनि उनलाई सुधार्न सकिन्छ कि भन्ने लागेपनि त्यो भ्रम मात्र रहेको ज्ञवालीले बताए । प्रचण्डले धोका दिन्छन् भन्ने शंका हुदा हँदैपनि उनलाई सुधारेर लैजान सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री बनाएपनि प्रचण्ड सुध्रिन नचाहेको ज्ञवालीले आरोप लगाए ।

    भु राजनीतिक द्वन्द्वको कारण नेपालमा सरकार अस्थिर बन्ने खतरा देखिएको उनको भनाई थियो । देशमा अहिले भुराजनीतिक द्वन्द्व, गिर्दो आर्थिक अवस्था र जनतामा चरम निराशा प्रमुख समस्या रहेको बताउँदै ज्ञवालीले यी सबै समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने आवश्यकता रहेको बताए ।

    अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थबाट देशको स्वाधीनता जोगाउनु पर्ने मुख्य चुनौती रहेको भन्दै उनले देशको आन्तरिक आयले दैनिक प्रशासन धान्न पनि समस्या भएको ज्ञवालीले बताए । पार्टी कार्यकर्तालाई जनतासँग जोड्न दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरिएको उनले जानकारी दिए ।

    नेकपा एमालेका सचिव एवं स्कूल विभाग प्रमुख राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सीमा क्षेत्री, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश कमिटी सदस्य केदार सिग्देल लगायतले बोलेका थिए । बुधबारसम्म सञ्चालन हुने प्रशिक्षणमा पार्टीका जिल्लास्तरीय नेता सहभागी छन् ।