दमौली । नेपाल विद्यार्थी संघ तनहुँको सभापतिमा सुरज लम्साल सिफारिस भएका छन् । नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको अध्यक्षतामा मंगलबार बसेको पार्टीको बैठकले लम्साललाई नेविसंघ सभापतिमा सिफारिस गरेको हो ।
शुक्लागण्डकी नगरपालिका-३ निवासी लम्साललाई सभापतिमा मनोनयनका लागि नेविसंघ केन्द्रीय कार्यसमितिलाई सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
पार्टीको सिफारिस बमोजिम लम्साललाई नेविसंघ केन्द्रीय समितिले सभापतिमा मनोनित गर्नेछ ।