नेविसंघ तनहुँ सभापति सिफारिससँगै विद्यार्थीमा आक्रोश, मागे जिल्ला सभापतिको राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेविसंघ तनहुँ सभापति सिफारिससँगै विद्यार्थीमा आक्रोश, मागे जिल्ला सभापतिको राजीनामा

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    दमौली । नेपाली कांग्रेस तनहुँले नेविसंघ तनहुँको सभापतिमा सुरज लम्साललाई सिफारिस गरेसँगै कांग्रेस निकट युवा विद्यार्थीले विरोध जनाएका छन् । उनीहरुले नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको राजीनामा समेत मागेका छन् ।

    कांग्रेस तनहुँको मंगलबार बसेको बैठकले लम्साललाई सभापति नियुक्तिका लागि नेविसंघ केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।

    उक्त निर्णयको विरोध गर्दै विद्यार्थी नेता सुदर्शन पोख्रेलले सभापति आलेको राजीनामा मागेका छन् ।

    त्यस्तै रवि मिश्रले पनि उक्त निर्णयको विरोध गरेका छन् । उनले नेविसंघ ओगटेर बसेका नेताहरुले कयौ साथीहरुको राजनीतिक भविष्य बर्बाद पारेको आरोप लगाए । उनले भनेका छन्, ‘कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले नेविसंघ तनहुँको अध्यक्षको पद ८ वर्ष ओगटेर कयौं साथीहरुको राजनीतिक भविष्य बर्बाद पार्नुभो । आज फेरि उहाँकै सिफारिसमा कठपुतली कांग्रेस जिल्ला कार्य समितिले अर्को ८ वर्ष सङ्घलाई अन्धकारको दलदलमा हालेकोप्रति विरोध गर्दछु ।’