प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

    २८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो। त्यसपछि निवेदकहरूको रिट दर्ता भएको हो।