दमाैली । हक्की खेलकी राष्ट्रिय खेलाडी अन्जना चन्दलाई गृहजिल्ला तनहुँको दमौलीमा सम्मान गरिएको छ । त्रिभुवन आर्मी क्लवबाट व्यावसायिक रुपमा हक्की खेल्दै आएकी चन्दलाई बुधबार गृहजिल्लामा सम्मान गरिएको हो ।
हैरान्स क्लवले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी चन्दलाई सम्मान गरेकाे हाे । हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले चन्दलाई दोसल्ला र कदरपत्रले सम्मानित गरेका छन् । तनहुँमा जन्मिएर हक्कीमा प्रगति गर्दै तनहुँको नाम उचो राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेबापत क्लवको तर्फबाट चन्दलाई सम्मान गरिएको पौडेलले बताए ।
सम्मानित खेलाडी चन्दले गृहजिल्लाको सम्मानले आफूलाई खेलप्रति अगाडी बढ्न थप हौसला मिलेको बताइन्।