नारी दिवस : फुटसलमा रोटर्याक्ट वेदव्यास विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नारी दिवस : फुटसलमा रोटर्याक्ट वेदव्यास विजयी

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बुधबार

    दमौली । ११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजित महिला फुटसल रोटर्याक्ट क्लव वेदव्यासले जितेको छ ।

    व्यास-१ स्थित फुटसल मैदानमा सम्पन्न खेलमा इनरह्वील क्लवलाई पराजित गर्दै वेदव्यास प्रथम भएको हो । उक्त खेलमा वेदव्यास १-० ले विजयी भएको हो ।

    खेलमा रोटर्याक्ट वेदव्यास, इनरह्वील, महिला उद्यमी संघ तनहुँ र महिला उद्यमी संघ डुम्रेको सहभागिता रहेको रोटर्याक्ट वेदव्यासकी अध्यक्ष सुष्मिता रेग्मीले जानकारी दिइन् ।

    रोटर्याक्ट वेदव्यास, इनरह्वील र महिला उद्यमी संघको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको संयोजन महिला उद्यमी संघकी अध्यक्ष निर्मला मल्लले गरेकी थिइन् ।