आदर्श तारा स्मृति कप : आयोजक र अकला फाइनलमा भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आदर्श तारा स्मृति कप : आयोजक र अकला फाइनलमा भिड्दै

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    दमौली । म्याग्दे गाउँपालिका-४ मनहरिमा जारी एघारौ आदर्श तथा छैटौ तारा स्मृति कप सेभेन ए साइड फुटबलको फाइनलमा आयोजक र अकला गाउँवेशी क्लब भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुनेछ ।

    आदर्श नमूना क्लवको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा अकला गाउँवेशी क्लव (बी) लाई पराजित गर्दै आयोजक फाइनलमा पुगेको हो । उक्त खेलमा आयोजक आदर्श २-० ले विजयी भयो ।

    दोस्रो सेमिफाइनल खेलमा अकला गाउँवेशी (ए) डिजी युनाइटेडलाई पराजित गरी फाइनल प्रवेश गरेको हो । उक्त खेलमा अकला ३-१ ले विजयी भयो ।

    प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ५० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् ।