नवनिर्वाचित राष्ट्रपति पौडेल बाँडेगाउ पुगेर भट्टराईको सालिकमा माल्यार्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नवनिर्वाचित राष्ट्रपति पौडेल बाँडेगाउ पुगेर भट्टराईको सालिकमा माल्यार्पण

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७९, शनिबार

    ललितपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर शालिकमा माल्यार्पण गरेका छन् । उनले साे क्रममाआश्रमकाे अवलोकन एवं निरिक्षण गरेका छन् ।

    सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय,जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले स्वागत गरेका थिए ।

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधि बारे जानकारी गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पाैडेल नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईकाे सरल र सदगी जीवनबाट प्रभावित थिए ।

    यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेल ले आज किर्तिपुरकाे चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकाे शालिकमा माल्यार्णपण गरे । उनी पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए ।

    सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पाैडेलले पार्क, प्रतिष्ठानकाे भवनकाे अवलाेकन गरे । पाैडेलले त्यहाँ राखिएकाे पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

    यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पाैडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पसजा अर्चना गरेका थिए । शुक्रबार नै पाैडेलले सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपी गण्शमान, कृषणप्रसाद भट्टराई लगायतका नेताहरूकाे सालिकमा माल्याणपर्ण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण गरेका थिए ।