यी हुन् अखिल (क्रान्तिकारी) बाट तनहुँमा निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्य (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् अखिल (क्रान्तिकारी) बाट तनहुँमा निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्य (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    दमौली । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) बाट ११ जना निर्वाचित भएका छन् । जिल्लाका चार क्याम्पसमा भएको निर्वाचनबाट ११ जना अखिल (क्रान्तिकारी) का निर्वाचित भएका हुन् ।

    ऑबुखैरेनी क्याम्पसमा सभापतिमा निशान मगर, कोषाध्यक्षमा अस्मिता श्रेष्ठ, सदस्यमा अर्पण देवकोटा र रविन कामी निर्वाचित भएका छन् ।

    आदिकवि भानुभक्त क्याम्पसमा कोषाध्यक्षमा निर्दोष भट्टराई र सदस्यहरुमा प्रमिशा शाही ठकुरी र कोपिला विक निर्वाचित भएका छन् ।

    शहीदकृष्ण क्याम्पसको कोषाध्यक्षमा सुष्मा माकिम मगर र सदस्यमा प्रवीण पौडेल निर्वाचित भएका छन् ।

    जनज्योति क्याम्पसको सहसचिवमा हजरमीन मियॉ र सदस्यमा इन्द्रावती सार्की निर्वाचित भएका छन् ।