होटल पौवाको आतिथ्यता अब पोखरामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    होटल पौवाको आतिथ्यता अब पोखरामा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाेखरा । आन्तरिक र बाह्य पर्यटकको नजरमा पोखरा उत्कृष्ट गन्तव्य हो । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै होटल, रेष्टुँरा, रिसोर्टमा लगानी बढ्दो छ । देशका विभिन्न १० शहरबाट आतिथ्य सेवा प्रदान गर्दै आइरहेको होटल पौवाले पनि पोखरालाई रोजेको छ । होटल पौवाको ११ आंै शाखा पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १ मा खुलेको हो ।

    होटल पौवाले नेपालीपनलाई जोड दिने दाबी गरेको छ । होटलले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबैमा नेपालीपन झल्कने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘पौवाले दिने आतिथ्य सत्कार पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’ परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उदेश्य राखेको उनको भनाइ छ ।

    कोरोनापछि पर्यटन क्षेत्रमा चुनौती बढेको बेला चुनौतीलाई अवसरमा बदल्न पोखरामा सेवा विस्तार गरेको प्रबन्ध निर्देशक ज्ञवालीले बताउँछन् । ‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनाएको छ । त्यसमा पनि होटल व्यवसाय झन बढी मारमा प¥यो’, उनले भने, ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न पोखरा आईपुगेका छौं ।’

    पोखरामा होटल पौवाले १० करोड रुपैयाँ लगानी गरेको छ । पोखरामा होटल पौवाको सुपर डिलक्स र मिनी सुईटगरी ३९ कोठा छन् ।

    रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुंगा र सुदूरपश्चिम प्रदेशको धनगढीबाट सेवा दिँदै आइरहेको छ । ११ औ शाखाका पोखरामा खोलेको होटल पौवाले काठमाडौं र नेपालगञ्जमा पनि सेवा विस्तार गर्दैछ ।

    स्थापनाको सात वर्षमा ११ शाखा खुलेको होटल पौवाले अबको एक दशकमा १०० शाखा विस्तारको योजनासहित ‘मिसन १००’ लक्ष्य तय गरेको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारी बताउँछन् । पौवाको लक्ष्य अनुसार ‘मिसन १००’ मा पुग्दा पौवाको लगानी अर्बौँ पुग्नेछ । ‘नेपाल अधिराज्यकै आतिथ्यता नम्बर वानको लक्ष्य लिएका छौं’, उनले भने ।

    ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रलाई आत्मसाथ गरेको होटल पौवाको पोखरा शाखा चैत १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन् । उद्घाटनको अवसरमा ‘पौवा स्वाद उत्सव’ आयोजना गरेको सञ्चालक शरण कर्माचार्यले जानकारी दिए । ‘स्वाद उत्सवमा जुम्लाको मार्सी चामलदेखि पाल्पाको चुकौनीको स्वाद चखाउनेछौं’, उनले भने । यस्तै चैत ११ गते गजलकार थानेश्वर गौतमको साथमा ‘गजल साँझ’ समेत आयोजना गरिएको छ ।