तनहुँका दीपेन्द्रले गरे टोकियोको विश्वविद्यालयबाट विद्यावारिधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँका दीपेन्द्रले गरे टोकियोको विश्वविद्यालयबाट विद्यावारिधि

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बिहीबार

    काठमाडौं। तनहुँको भानु नगरपालिका–८ का दीपेन्द्र ढकालले जापानको टोकियो कृषि विश्वविद्यालयबाट विद्यावारिधि उपाधि पाएका छन् । विश्वविद्यालयले ढकाललाई उत्कृष्ट शोधपत्र अवार्डसहित विद्यावारिधि प्रदान गरेको उनका भाइ शैलेन्द्र ढकालले जानकारी दिए ।

    उनले ‘नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । उनले गरेको उक्त शोधपत्रलाई विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उत्कृष्ट ठहर समेत गरेको छ ।

    दीपेन्द्रलाई २० मार्च २०२३ मा विश्वविद्यालयको दीक्षान्त समारोहको अवसरमा पीएचडीको उपाधि प्रदान गरिएको उनका भाइ शैलेन्द्रले बताए । (अनलाइन खबर)