दमौली । लायन्स क्लव अफ तनहुँ भानुभक्तको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । क्लवको बिहीबार सम्पन्न वार्षिक अधिवेशनले वर्ष २०२३/२४ का लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
क्लवको प्रथम उपाध्यक्षमा सुनिल नेपाल, द्वितीय उपाध्यक्षमा हर्षमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा मलिन मल्ल, सचिवमा बलभद्र श्रेष्ठ, कोषाध्यक्षमा किशोर खनाल चयन भएका छन् ।