५० हजार नगदसहित गण्डकी सरकारद्वारा ४ क्रिकेट खेलाडीलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ५० हजार नगदसहित गण्डकी सरकारद्वारा ४ क्रिकेट खेलाडीलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७९, मंगलवार

    पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मंगलबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले राष्ट्रिय टोलीमा रहेर क्रिकेटमा योगदान पु-याउने ४ खेलाडीलाई ५० हजार नगद र प्रमाणसहित सम्मान गरेको हो । राष्ट्रिय टोलीका करण केसी र अन्डर— १९ का तीन जना दीपक डुम्रे, सुवास भण्डारी, अर्जुन कुमाललाई पुरस्कृत गरेको हो ।

    एक दिवसीय विश्वकपको ‘क्वालिफाइड’ पुग्न सफल राष्ट्रिय टोलीका केसी र अन्डर—१९ विश्वकपमा पु¥याउन सफल भए बापत डुम्रे, भण्डारी र कुमाललाई पुरस्कृत गरेको हो । सम्मान कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी राष्ट्रका गहना मात्र नभएर सम्पत्ति भएको बताए । ‘जसरी तपाईँहरूले —विल पावर— निकालेर खेल खेल्नु भयो र देशको नाम राखेर गरिमा बढाउनुभएको छ । तपाईँहरूको जीवनमा यो सम्मान कनिका जस्तो भए पनि यसले अझै सफलता प्राप्त गर्दै जानुहोस् मेरो शुभकामना,’ उनले भने ।