सत्ता गठबन्धन दलबीच मिल्यो भागबन्डा, कुन दललाई कति मन्त्रालय ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सत्ता गठबन्धन दलबीच मिल्यो भागबन्डा, कुन दललाई कति मन्त्रालय ?

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७९, बुधबार

    काठमाडौ । मन्त्रालयमा बाँडफाँटमा विवादबीच बिहीबार ४ बजेभित्र सरकार विस्तार गर्ने निर्णयसहित बुधबारको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।भागबन्डा मिलाउन बुधबार बिहान र बेलुका २-२ घण्टा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

    तर बैठकले बुधबार नै कुनै सहमति नगरे पनि मन्त्रालयमा भागबन्डा मिलाएको दाबी नेताहरूले गरेका छन् । 

    ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र स्वतन्त्रबाट जितेका प्रभु साहको पार्टी सरकारमा सहभागी हुने भएको छ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल सरकारमा सहभागी गराउने हिसाबमा राखिएको छैन । 

    बुधबार बेलुकाको बैठकमा सहभागी भएका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तारुढ दलबीच मन्त्रालयको भागबन्डामा आन्तरिक रुपमा कुरा मिलिसके पनि सार्वजनिक नगरिएको जानकारी दिए ।